०२ साउन २०८३, शनिबार

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी

जेठ ११, २०८३
काठमाडौं
किसानलाई दूधको दैनिक एक करोड भुक्तानी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई भुक्तानी भइरहेको छ ।

पछिल्लो चार महिनाकोे करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । 

डिडीसीको हाल दैनिक करिब रु एक करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब रु ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ ।

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताइन् । दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्