२८ असार २०८३, आइतबार

पत्रकार किशोर श्रेष्ठलाई धरपकड गर्न लागिएको भन्दै पत्रकारका संगठनहरूको विरोध

जेठ ११, २०८३
काठमाडौं
पत्रकार किशोर श्रेष्ठलाई धरपकड गर्न लागिएको भन्दै पत्रकारका संगठनहरूको विरोध

 जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गरी धरपकडको प्रयास, निगरानी र धम्की दिइएको भन्दै विभिन्न पत्रकार संगठनहरूले आपत्ति जनाएका छन्।

नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै सोमबार विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेका गतिविधिहरूले स्वतन्त्र प्रेस र लोकतन्त्रमाथि नै प्रहार गरेको उल्लेख गरेका छन्।

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक र अनलाइनमा मन्त्री तथा सत्ताधारी दलका नेताहरूका बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठलाई धरपकड गर्ने र समाचारको स्रोत खोल्न दबाब दिने कार्य भइरहेको जनाएको छ। 

महासंघले समाचारप्रति विमति भए प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह गर्दै पत्रकारलाई धम्क्याउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।

No description available.

त्यसैगरी, प्रेस चौतारी नेपालले राज्य शक्तिको आडमा वरिष्ठ पत्रकार श्रेष्ठविरुद्ध योजनाबद्ध प्रतिशोध र षड्यन्त्र भइरहेको भन्दै यसको भर्त्सना गरेको छ। चौतारीले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गर्दै प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ।

No description available.

समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालले पनि पत्रकार श्रेष्ठलाई सुनियोजित रूपमा फसाउन खोजिएको आशंका व्यक्त गरेका छन्। उनीहरूले श्रेष्ठलाई आर्थिक प्रलोभनमा पार्न नक्कली व्यक्ति खडा गरी कार्यालयमा मदिरा र पैसा पठाउने, विदेशी नम्बरबाट फोन गरी तर्साउने र पक्राउ गर्ने धम्की दिनेजस्ता कार्य भइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

No description available.

यस्ता गतिविधिले छिमेकी मुलुकसँगको सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै संगठनहरूले चिन्ता व्यक्त गरेका छन्।
पत्रकारका यी छाता संगठनहरूले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न समेत सरकारसँग माग गरेका छन्। 

No description available.

salt training

कमेन्ट गर्नुहोस्