२२ जेठ २०८३, शुक्रबार

७६ लाख ३९ हजार पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या

जेठ १३, २०८३
काठमाडौं
७६ लाख ३९ हजार पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या
फाइल फोटो

नेपालमा धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पाइएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा डिम्याट खाता (हितग्राही खाता) खोल्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिएका हुन् ।

उनका अनुसार २०८२ असारसम्म ६९ लाख ९७ हजार रहेको डिम्याट खाताको सङ्ख्या २०८२ फागुनसम्म ७६ लाख ३९ हजार पुगेको तथ्याङ्कले देखाएको छ।

यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको करिब २६.२ प्रतिशत बराबर रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

पछिल्ला वर्षहरूमा शेयर बजारप्रति आम नागरिकको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको मन्त्री वाग्लेले जानकारी दिए ।

यसैगरी, २०८२ असारसम्म मेरो शेयर खाताको सङ्ख्या ५९ लाख ७६ हजार रहेकोमा २०८२ फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ । यो सङ्ख्या कुल जनसङ्ख्याको करिब २२.७ प्रतिशत हो ।

salt training

कमेन्ट गर्नुहोस्