
बिहीबार राति काठमाडौँमा भारी वर्षा भएको छ । वर्षाका कारण विभिन्न स्थान जलमग्न भएका छन् । तीनकुने, घट्टेकुलो, जमल, न्यु प्लाजा टेकुलगायतका स्थान गलमग्न भएको हो ।
जसका कारण सवारीसाधानलाई आउजाउमा समस्या देखिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै बिहीबार राति काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भएको जनाएको छ ।
आजमात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ ।
न्यु प्लाजा क्षेत्रको डुबान तस्बिरमा हेर्नुहोस्








