२६ जेठ २०८३, मंगलबार

कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट, हिल्सामा पशु क्वारेन्टिन स्थापना गरिने

जेठ १५, २०८३
काठमाडौं
कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट, हिल्सामा पशु क्वारेन्टिन स्थापना गरिने

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई ४६ अर्ब ९२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले हुम्लाको हिल्सास्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गरिने घोषणा पनि गरे ।

सरकारका अनुसार हिल्सा नाकामा पशु क्वारेन्टिन स्थापना गरी पशुजन्य वस्तु तथा पशुधनको आवागमन व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्