२२ जेठ २०८३, शुक्रबार

राजस्वबाट १४ खर्ब ५ अर्ब संकलनको लक्ष्य, ४१० अर्ब आन्तरिक ऋण उठाइने

जेठ १५, २०८३
काठमाडौं
राजस्वबाट १४ खर्ब ५ अर्ब संकलनको लक्ष्य, ४१० अर्ब आन्तरिक ऋण उठाइने

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा राजस्वमार्फत १४ खर्ब ५ अर्ब ३१ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वबाट उक्त रकम संकलन हुने अनुमान प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

बजेट वक्तव्यअनुसार कूल स्रोत व्यवस्थापनपछि ६ सय ५७ अर्ब २९ करोड रूपैयाँ न्यून हुने अनुमान गरिएको छ । उक्त न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ सय ४७ अर्ब २८ करोड रूपैयाँ परिचालन गरिनेछ ।

राजस्व र वैदेशिक सहायताबाट अपुग हुने ४ सय १० अर्ब रूपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने अर्थमन्त्री वाग्लेले बताए ।

उनका अनुसार आगामी आर्थिक वर्षमा २ सय ४५ अर्ब ८९ करोड रूपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी हुने भएकाले खुद १ सय ६४ अर्ब ११ करोड रूपैयाँ मात्र आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्