२२ जेठ २०८३, शुक्रबार

बुटवलको थोक बजारमा भेटियो खान अयोग्य काउली, अत्यधिक विषादी पाइएपछि गरियो नष्ट

जेठ २२, २०८३
बुटवल
बुटवलको थोक बजारमा भेटियो खान अयोग्य काउली, अत्यधिक विषादी पाइएपछि गरियो नष्ट
फाइल फोटो

बुटवलको थोक बजारमा खान अयोग्य काउली भेटिएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रमा शुक्रबार बिहान हरियो तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि २२ किलो काउली नष्ट गरिएको छ ।

जिल्लाको मर्चवारीमाई गाउँपालिकाबाट बुटवल कृषि उपज थोक बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए ।

‘सामान्यतः कुनै पनि तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य मानिन्छ । ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा ४५ प्रतिशत भन्दा बढी देखियो भने त्यसलाई खान योग्य मानिँदैन र नष्ट गर्नुपर्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्