२५ जेठ २०८३, सोमबार

सीमाबारे जानकारी माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

जेठ १८, २०८३
काठमाडौं
सीमाबारे जानकारी माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

राष्ट्रियसभाका सांसदहरूले नेपालले भारतको सीमा मिचेको सम्बन्धमा जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।

बैठकको शुरूमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्ट पार्न माग गरे ।

सांसद कर्णपछि बोलेका सांसदहरू राजेन्द्रलक्ष्मी गैरे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरे ।

आकस्मिक समयपछि सांसदहरूले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाएका थिए । 

सांसदहरूको अवरोधपछि राष्ट्रियसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्