२२ जेठ २०८३, शुक्रबार

कृष्ण महरालाई एक लाख धरौटीमा छाड्न आदेश

जेठ १८, २०८३
काठमाडौं
कृष्ण महरालाई एक लाख धरौटीमा छाड्न आदेश

नेकपा नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सोमबार थुनछेक बहसपछि महरालाई धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राखी मुद्दा अघि बढाउने आदेश दिएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । 

भन्सार छली गरी अवैध रूपमा विद्युतीय चुरोट (भेप)भित्र सुन लुकाएर ल्याएको प्रकरणमा पूर्वसभामुख महराको समेत संलग्नता रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अभियोगपत्रमा महरासमेतको मिलेमतो र योजनामा ८ हजार ४ सय ८० दशमलव ५१ ग्राम (करिब साढे ८ किलो) सुन भन्सार छली गरी भित्र्याइएको उल्लेख छ । 

यसबापत नेपाल सरकारलाई ७ करोड ७८ लाख ६८ हजार ९५ रूपैयाँ १९ पैसा नोक्सान भएको भन्दै सोही रकम बराबरको विगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको थियो । 

अदालतसमक्ष महराले इन्कारी बयान दिएका छन् । ‘सुन र भेपसम्बन्धी मलाई कुनै जानकारी छैन, मैले नेपाल सरकारलाई कुनै पनि हानीनोक्सानी पुर्‍याएको छैन,’ महराले अदालतमा गरेको इन्कारी बयानमा उल्लेख छ ।

अदालतले महराको बयान, उनी र चिनियाँ नागरिक दाओजिङ वाङ तथा भन्सार विभागका तत्कालीन महानिर्देशक अरुण पोखरेलबीच भएको टेलिफोन संवादका रेकर्डसहितका प्रमाणहरूलाई आधार मानेको छ ।

यी प्रमाणहरूका आधारमा महरामाथि थप अनुसन्धान र पूर्पक्ष गर्नुपर्ने आधार देखिए पनि महरालाई थुनामै राख्न आवश्यक नभएको अदालतको ठहर छ ।

nullnull


 

salt training

कमेन्ट गर्नुहोस्