
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (बीजेपी) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ ।
मंगलबार मध्यह्न नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नेताद्वयबीच भेटवार्ता भएको हो ।
रविको भ्रमणले सीमापार राजनीतिक समझदारीलाई सुदृढ पार्ने लक्ष्य राखेको एनएनआईले जनाएको छ ।
भ्रमणले रास्वपा र भाजपाबीच पार्टी-टु-पार्टी संलग्नता शुरू गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखिएको समाचारमा उल्लेख छ ।
समाचारअनुसार भाजपाले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको छ ।