
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला- कास्कीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै, सदस्यहरूमा अमिरप्रसाद न्यौपाने- काठमाडौं, डा. रेहना श्रेष्ठ- काठमाडौं र पद्मनीति सोती -लमजुङलाई नियुक्त गरिएको उनले जानकारी दिए ।