२१ जेठ २०८३, बिहीबार

५४ लाख ७१ हजार रुपैयाँसहित नेपाल एयरलाइन्सका ड्राइभर पक्राउ

जेठ १९, २०८३
काठमाडौं
५४ लाख ७१ हजार रुपैयाँसहित नेपाल एयरलाइन्सका ड्राइभर पक्राउ

करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमलनारायण विश्वास छन् ।

उनलाई भिजिट भिसामा काठमाडौंबाट मलेसिया प्रस्थान गर्ने क्रममा मंगलबार दिउँसो पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र ग्राउन्ड इक्विपमेन्ट अपरेटर (जीईओ)को रूपमा कार्यरत रहेको पाइएको छ । प्रहरीका अनुसार उनी नेपालबाट विभिन्न समयमा २६ पटक बाह्य मुलुकतर्फ यात्रा गरेको खुलेको छ । 

उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, पठाइएको प्रहरीले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्