२२ जेठ २०८३, शुक्रबार

सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड व्यावसायिक फोर्स’मा रुपान्तरण गरिने

जेठ १५, २०८३
काठमाडौं
सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड व्यावसायिक फोर्स’मा रुपान्तरण गरिने
फाइल फोटो

सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड व्यावसायिक फोर्स’का रूपमा विकास गर्ने घोषणा गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवाअवधि र निवृत्तभरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गरिने घोषणा गरे ।

नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिइने तथा विधिविज्ञान प्रयोगशाला, अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गरिने बजेटमा उल्लेख छ ।

बजेटमा नेपाली सेनाका जवानको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिन रु दुई अर्ब विनियोजन गरिएको छ ।

कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधारगृहका रूपमा रूपान्तरण गर्दै लगिने बजेटमा उल्लेख छ ।

विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्ने तथा क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमालगायत जोखिम हस्तान्तरणका उपकरणको विस्तार गर्ने विषय बजेटमा समेटिएको छ ।

बजेट वक्तव्यमा राष्ट्रिय सुरक्षा नीति, २०७५ को पुनरावलोकन र ऐतिहासिक गढी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्ने सङ्कल्प गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्