२२ जेठ २०८३, शुक्रबार

'१८+' भिल्ला पार्टीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ

जेठ २२, २०८३
काठमाडौं
'१८+' भिल्ला पार्टीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमार्फत प्राइभेट भिल्ला पार्टी (१८+)को प्रलोभन देखाई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको ओडिसा, केन्द्रापारा घर भई हाल काठमाडौँको झोछे बस्ने १९ वर्षीय सुभम मोहन्ती रहेका छन्।
प्रहरीका अनुसार मोहन्तीले फेसबुक र ह्वाट्सएप प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले विज्ञापन पोस्ट गर्ने गरेका थिए। 

उनले काठमाडौँका विभिन्न स्थानमा रहेका घरहरूमा केटीहरू र मादक पदार्थसहितको '१८+' पार्टी आयोजना गर्ने र पैसा अनुसारको सुविधा दिने भन्दै प्रलोभन देखाउने गरेको अनुसन्धानबाट खुलेको छ।
यस सम्बन्धमा परेको उजुरी र सूचनाका आधारमा टेकुस्थित अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दा मोहन्तीको संलग्नता खुलेपछि उनी पक्राउ परेका हुन् । 

पक्राउ परेका मोहन्तीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्