
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति जनाएका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले भएको घर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्रोश पोखेका हुन् ।
सम्पत्ति छानबिन आयोग नै संवैधानिक भएको उनको भनाइ छ । आफू र कांग्रेस नेता रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको उनले दाबी गरे ।
आयोगलाई आफूले मान्यता नदिने, बयान नदिने र सम्पत्ति विवरण पनि नपठाउने बताए ।
'सम्पत्ति छानबिन आयोग संवैधानिक होइन, ज्ञानेन्द्र शाहले विरोधीमा फसाउन आयोग बनाएका थिए त्यस्तै हो यो पनि । केपी ओली र रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको हो,' उनले भने, 'यस्ता आयोगलाई मान्यता दिँदैनौँ, म बयान दिन्नँ र सम्पत्ति विवरण पठाउन्नँ । मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार।'