२४ जेठ २०८३, आइतबार

हिरा टेक्सटाइलको प्रदूषणले स्थानीय आजित, नियन्त्रणको माग

जेठ २०, २०८३
काठमाडौं
हिरा टेक्सटाइलको प्रदूषणले स्थानीय आजित, नियन्त्रणको माग

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातामाटे क्षेत्रका स्थानीयले यहाँ सञ्चालनमा रहेको हिरा टेक्सटाइल कपडा उद्योगबाट फैलिएको प्रदूषण नियन्त्रण गर्न माग गरेका छन् । उनीहरूले वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै प्रदूषण नियन्त्रण गर्न माग गरेका हुन् ।

उद्योगबाट निस्कने धुवाँ, धुलो तथा अत्यधिक आवाजका कारण आसपासका बासिन्दा प्रभावित बनेको भन्दै उनीहरूले प्रदूषण नियन्त्रणका लागि स्थानीय सरकारलाई गुहारेका हुन् ।

प्रदूषणका कारण वातावरण तथा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, सम्बन्धित निकायले समस्या समाधानका लागि आवश्यक चासो नदेखाएको स्थानीयको आरोप छ।

null

स्थानीयका अनुसार उद्योगबाट निस्कने धुवाँ, धुलो र आवाजको समस्या विगत एक दशकदेखि निरन्तर भोग्दै आएका छन् ।

उनीहरूले लामो समयदेखि उद्योगको प्रदूषणविरुद्ध आवाज उठाउँदै आए पनि उद्योग व्यवस्थापनले स्थानीयको गुनासोलाई बेवास्ता गर्दै उद्योग सञ्चालन गरिरहेको दाबी गरेका छन् ।

स्थानीयले उद्योगबाट हुने प्रदूषणको प्रभावबारे सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरेका छन्।

स्थानीयका अनुसार करिब १० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको उक्त उद्योग दैनिक बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म चल्ने गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्