२१ जेठ २०८३, बिहीबार

भक्तपुरको ख्वप्रिङ्ग स्कुलमा भीषण आगलागी, ५० लाख  बराबरको क्षति

जेठ २१, २०८३
काठमाडौं
भक्तपुरको ख्वप्रिङ्ग स्कुलमा भीषण आगलागी, ५० लाख  बराबरको क्षति

भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए । आगलागीबाट करिब ५० लाख  बराबरको क्षति भएको छ ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य शुरू गरिएको छ । 

धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी  छ ।

salt training

कमेन्ट गर्नुहोस्