२६ असार २०८३, शुक्रबार

१८ सहसचिवको सरुवा तथा पदस्थापन, १३ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

जेठ २२, २०८३
काठमाडौं
१८ सहसचिवको सरुवा तथा पदस्थापन, १३ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]
फाइल फोटो

गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

सहसचिवको सरुवासँगै १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुरलगायत जिल्लाका सीडीओ फेरिएका हुन् ।

मन्त्रालयले सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरेको छ ।

यस्तै, स्याङ्जाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सीडीओ भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका सीडीओ जगदीश्वर उपाध्यायलाई नलपलपरासी (बर्दघाट सुस्तापूर्व), रामेछापका सीडीओ श्यामकृष्ण थापालाई सप्तरी, कास्कीका सीडीओ रुद्रादेवी शर्मालाई धनकुटाको प्रमुख जिल्ला अधिकारी र सङ्खुवासभाका सीडीओ सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौं सरुवा गरिएको छ ।

यस्तै ओलखढुङ्गाका सीडीओ मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका सीडीओ टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका सीडीओ विजयराज सुवेदीलाई सर्लाही, पाल्पाका सीडीओ विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका सीडीओ धर्मराज जोशीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारी र सर्लाहीका प्रअजि रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन एक नियमित प्रशासनिक प्रक्रिया भएको बताए ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालय वा अन्तर्गत सरुवा भइआएका सहसचिवलाई जिम्मेवारी दिन र रिक्त रहेका जिल्लामा पदपूर्ति गर्न तथा अवधि पूरा गरिसकेका प्रमुख जिल्ला अधिकारीलाई अन्यत्र व्यवस्थापन गरिएको उहाँले स्पष्ट पारे ।

मन्त्रालयले सहसचिव बलराम निरौलालाई अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पदस्थापन गरेको छ ।

सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।​​

यस्तो छ सूची : 

null

null

salt training

कमेन्ट गर्नुहोस्