३१ जेठ २०८३, आइतबार

बालुवामा पुरिएर मजदुरको मृत्यु

जेठ ३०, २०८३
दाङ
बालुवामा पुरिएर मजदुरको मृत्यु

एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।​​

बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारूले बालुवा फालेका थिए ।

उक्त स्थानमा मजदुर नभएको ठानेर आफूले बालुवा फालेको चालक थारूले बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्