०३ साउन २०८३, आइतबार

महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटे खनाल

असार १२, २०८३
काठमाडौं
महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटे खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनाल महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत खनालले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। साथै, आफ्नो निर्णयले अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिको बाटो रोज्न सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्