०२ साउन २०८३, शनिबार
विश्वकप

मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिलको नाटकीय जित, जापान विश्वकपबाट बाहिरियो

असार १६, २०८३
काठमाडौं
मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिलको नाटकीय जित, जापान विश्वकपबाट बाहिरियो

 फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको रोमाञ्चक खेलमा ग्याब्रियल मार्टिनेलीले खेलको अन्तिम समयमा गोल गरेपछि ब्राजिलले जापानमाथि २–१ को नाटकीय जित हात पारेको छ।

मंगलबार बिहान ह्युस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक जितसँगै पाँच पटकको विश्व विजेता ब्राजिल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

खेलको ९५औं मिनेट (९०+५) सम्म १–१ को बराबरीमा रहेको स्थितिमा मार्टिनेलीले निर्णायक गोल गर्दै जापानी टोली स्तब्ध बनेको थियो । ब्रुनो गुइमारेजले डिबक्स छेउबाट उपलब्ध गराएको उत्कृष्ट पासलाई नियन्त्रणमा लिँदै मार्टिनेलीले प्रहार गरेको बल जापानी गोलकिपर जायोन सुजुकीको हातमा लाग्दै जाली चुमेको थियो।

९ मिनेटको इन्जुरी समय थपिएको यस खेलमा मार्टिनेलीको गोलले ब्राजिलको अघिल्लो चरणको यात्रा निश्चित गर्‍यो।

यसअघि खेलको २९औं मिनेटमा काइशु सानोले सानदार गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफभरि रक्षात्मक रूपमा बलियो देखिएको जापानले ब्राजिललाई दबाबमा राखेको थियो। तर, दोस्रो हाफमा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको रणनीति र खेलाडी परिवर्तनले खेलको स्वरूप बदलियो।

खेलको ५६औं मिनेटमा ग्याब्रियल मागाल्हेशको सहयोगमा अनुभवी मिडफिल्डर क्यासेमिरोले हेडमार्फत गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याएका थिए।
जापानले खेलभरि निकै अनुशासित रक्षापंक्ति र काउन्टर अट्याकको प्रदर्शन गरे पनि अन्तिम समयमा एकाग्रता गुमाउँदा हार बेहोर्नु पर्यो।

ब्राजिलले खेलभरि बल पोजेसनमा नियन्त्रण राखे पनि जापानको मजबुत डिफेन्स तोड्न निकै संघर्ष गर्नुपरेको थियो। पराजित भएसँगै जापान अन्तिम १६ मा पुग्न असफल हुँदै प्रतियोगिताबाटै बाहिरियो ।

salt training

कमेन्ट गर्नुहोस्