२९ असार २०८३, सोमबार

मुख्यमन्त्रीलाई निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो ५०० को चीट

असार १८, २०८३
काठमाडौं
मुख्यमन्त्रीलाई निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो ५०० को चीट

बिनाहेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।

आफ्नै निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर चीट काटेको हो ।

शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ । शाहलाई ५०० रूपैयाँ जरिवाना गरिएको छ ।

आफूले ट्राफिक नियम उल्लंघन गरेको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्