
काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्ति कार्यक्रमअन्तर्गत १० जना शोधकर्ताको छनोट प्रक्रिया अघि बढाएको छ।
कामपा सहरी योजना आयोगले अहिले उम्मेदवारको अन्तर्वार्ता र अनुसन्धान प्रस्तावको प्रस्तुतीकरण सञ्चालन गरिरहेको जनाएको छ। यस वर्ष सहरी सुशासन, यातायात, वातावरण, शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धि, सामाजिक समावेशीलगायत १० विषयमा अनुसन्धान गरिनेछ।
छनोट भएका शोधकर्ताले ६ महिनाभित्र अनुसन्धान सम्पन्न गर्नुपर्नेछ। प्रत्येक शोधकर्तालाई करसहित १ लाख ५० हजार रुपैयाँ चार किस्तामा उपलब्ध गराइने कामपाले जनाएको छ।