२८ असार २०८३, आइतबार

मेक्सिकोले फर्कायो एक गोल: खेलमा फर्कने प्रयास

असार २२, २०८३
काठमाडौं
मेक्सिकोले फर्कायो एक गोल: खेलमा फर्कने प्रयास

विश्वकप २०२६ को नकआउट चरणमा इंग्ल्याण्डविरुद्धको खेलमा आयोजक मेक्सिकोले एक गोल फर्काएको छ।

 खेलको ३६ औँ र ३८ औँ मिनेटमा जुड बेलिङघमले लगातार दुई गोल गरेपछि २-० ले पछि परेको मेक्सिकोका लागि ४२ औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गरेका हुन्।
यो गोलसँगै मेक्सिकोले इंग्ल्याण्डको अग्रतालाई २-१ मा झार्दै खेलमा पुनरागमन गर्ने प्रयास गरेको छ। 

पहिलो हाफको अन्तिम समयमा आएको यो गोलले एज्तेका स्टेडियममा उपस्थित हजारौँ घरेलु समर्थकहरूमा फेरि उत्साह थपेको छ। 

अहिले खेल निकै प्रतिस्पर्धात्मक बनेको छ।

salt training

कमेन्ट गर्नुहोस्