![मिटरब्याजविरुद्धको पैदल मार्च लालबन्दीबाट काठमाडौंतर्फ अघि बढ्यो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/protest_meter_byaj_17_r6nl8ucQle.jpg)
जनकपुरबाट आसार २५ देखि शुरू भएको मिटरब्याजविरुद्धको ‘पैदल न्याय मार्च’ आइतबार चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ ।
राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले थालेको यो यात्रा काठमाडौं नपुगी नरोकिने बताइएको छ ।
न्याय खोजीमा निस्किएका सयौं सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अगाडि बढिरहेका छन् । आयोजकको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब बढाउन फेरि काठमाडौं गुन्जायमान बनाउनुपर्ने अवस्था आएको छ ।
उनीहरू करिब एक साताभित्र काठमाडौं पुग्नेछन् ।














