३१ असार २०८३, बुधबार

सरकारले नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन खोजेको थापाको आरोप

असार २९, २०८३
काठमाडौं
सरकारले नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन खोजेको थापाको आरोप

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन खोजेको आरोप लगाएका छन् । 

४४औँ बीपी स्मृति दिवसको तयारीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजना गरेको बैठकमा थापाले नागरिकको निजी सम्पत्ति र जीवनमा क्षति पुर्‍याउने अधिकार राज्यलाई नभएको बताए ।

सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाहबारे प्रश्न उठ्न थालेपछि सरकारले करुणाविहीन व्यवहार देखाएको उनले उल्लेख गरे । थापाले साउन ७ गतेदेखि भदौ २४ सम्म कांग्रेसले नयाँ अभियान सञ्चालन गर्ने जानकारी समेत दिए ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले साउन ६ गते बीपी स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनमा केन्द्रित रहेर 'ग्रिन रन', चित्रकला र संवाद कार्यक्रम आयोजना गरिने बताए । 

त्यस्तै, साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी हुनेछ । बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न भ्रातृ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्