०२ साउन २०८३, शनिबार

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो

असार ३०, २०८३
सुनसरी
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो
फाइल तस्वीर

पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। यो गएरातिकै अवस्था हो । 

कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मुल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरूप रातो झण्डा  फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्