०५ साउन २०८३, मंगलबार

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु

असार ३०, २०८३
काठमाडौं
आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु

आत्मदाह प्रयासपछि घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको मृत्यु भएको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । 

उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए ।  मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको थियो । 

मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि उनलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । यसअघि राजधानीमै आत्मदाह प्रयासपछि दुई जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्