३१ असार २०८३, बुधबार

भारतको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने गुम्बाको शिलान्यास

असार ३१, २०८३
काठमाडौं
भारतको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने गुम्बाको शिलान्यास

भारत सरकारको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको छ ।​

लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले मंगलबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

गुम्बाको उक्त भवन भारत सरकारको करिब ३.३ करोड आर्थिक सहयोगमा निर्माण हुने भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखुपिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

null

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष बस्नेत तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । नयाँ पूर्वाधारले लिखुपिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत पुग्ने विश्वास उनीहरूको थियो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्