०३ साउन २०८३, आइतबार

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

असार ३२, २०८३
काठमाडौं
प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भइरहेको छ ।

भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली पनि सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्