०६ साउन २०८३, बुधबार

एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात

असार ३२, २०८३
काठमाडौं
एमाले नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात
फाइल तस्वीर ।

नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएर अस्पताल भर्ना गरिएको छ । 

उनलाई बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना गरिएको हो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी गौतम मिश्रले शाक्यलाई स्वास्थ्यमा समस्या देखिएपछि पाटनमा भर्ना गरिएको पुष्टि गरे । 

उनका अनुसार हृदयघात भएर शाक्यलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको परिवारले पुष्टि गरेका हुन् ।

शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

कमेन्ट गर्नुहोस्