०१ साउन २०८३, शुक्रबार

बेनीघाट रोराङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

असार ३२, २०८३
काठमाडौं
बेनीघाट रोराङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित तिग्राङ खानीमा सुख्खा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । 

जवाङ खोला नजिकै माथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ एक सूचना जारी गर्दै पहिरो खस्ने क्रम अझै जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका सवारी साधनलाई आवतजावतमा रोक लगाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै राजमार्गमा सवारी गुड्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्