०२ साउन २०८३, शनिबार

पृथ्वी राजमार्ग खुल्यो

साउन १, २०८३
काठमाडौं
पृथ्वी राजमार्ग खुल्यो

 धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग आज बिहान ४ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार राजमार्ग बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा खुलाइएको हो।

यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाएको थियो।

पहिरो हटाएर सडक सुरक्षित बनाएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ। अहिले उक्त सडकखण्डमा सवारीसाधनको आवागमन नियमित रूपमा भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्