०८ साउन २०८३, शुक्रबार

प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

साउन ६, २०८३
काठमाडौं
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो ।

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत् छलफल भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्