११ साउन २०८३, सोमबार

रश्मी रिजालको मृत्यु प्रकरण : अन्तिम गतिविधि सीसीटीभीमा कैद, तेस्रो व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको दाबी​

साउन १०, २०८३
काठमाडौं
रश्मी रिजालको मृत्यु प्रकरण : अन्तिम गतिविधि सीसीटीभीमा कैद, तेस्रो व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको दाबी​
फाइल फोटो

काठमाडौंको तारकेश्वर नगरपालिका १ कालेबासे चुनीदेवीस्थित कारभित्र जलेको अवस्थामा मृत फेला परेकी रश्मी रिजालको घटनामा प्रहरीले महत्त्वपूर्ण क्लू फेला पारेको छ । रिजाल कारको ड्राइभिङ सिटबाट झरेर पछाडिको सिटमा गएको सीसीटीभी फुटेज प्रहरीले फेला पारेको हो ।

प्रारम्भिक अनुसन्धानमा उक्त फुटेजले घटनास्थलमा तेस्रो व्यक्तिको उपस्थिति नदेखिएको दाबी प्रहरीको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेरा अध्ययन गर्दा तारकेश्वर–९ शुभकामना चोक बस्ने ४५ वर्षीया रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर गाडीको पछाडिको सिटमा गएर बसेको दृश्य देखिएको हो । त्यसको केहीबेरमै गाडीबाट धुवाँ निस्किन थालेको फुटेजमा कैद भएको प्रहरीले जनाएको छ।

एसपी भट्टराईका अनुसार सीसीटीभी फुटेजमा कुनै पनि शङ्कास्पद गतिविधि वा तेस्रो पक्षको संलग्नता देखिएको छैन । नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत रिजाल साउन ८ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। 

त्यसको भोलिपल्ट शनिबार दिउँसो करिब १ बजे उनी आफूले प्रयोग गर्दै आएको बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र जलेको अवस्थामा मृत फेला परेकी थिइन्।

पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि आइतबार रिजालको शव आफन्तले बुझेका र थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्