
काठमाडौं, १४ माघ–गायक प्रकाश ओझा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ओझालाई पक्राउ गरेको हो । मानव बेचविखन तथा ओसार पसार मुद्दाका फरार रहेका ओझालाई सर्वोच्च अदालतले माघ ४ गते १० वर्ष कैद सजाय सुनाएको थियो ।
प्रहरीले उनलाई राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।
ओझाले २०५९ सालदेखि लगातर दुई वर्ष डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकसँग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो ।
सुनसरी इटहरीका ओझालाई दुईवटा मुद्दामा पाँच पाँच वर्षको सर्वोच्चले फैसला सुनाएको हो । फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सर्वोच्चले उनलाई कैद फैसला सुनाएको हो । ओझा हास्य व्यंग क्षेत्रमा जमेका कलाकार थिए । उनको हास्य व्यंग कार्यक्रम तथा प्यारोडी गीतहरु चर्चामा थिए ।
ओझाका भत्काइदिन्छु बाख्राको खोरपनि...,कान्छो भाइ कोक्रोमा ... जाउकि क्या हो म पनि जीम खाना लगायतका गीत चर्चामा थिए ।