×

NIC ASIA

मनका 'सबलाङ्ग' राजुको प्रेरणादायी दैनिकी : दिनहुँ मुसहर बस्तीमा पुगेर बाँड्छन् ज्ञान

चैत ६, २०७४

Prabhu Bank
NTC
Premier Steels

विराटनगर, ६ चैत- विराटनगर- १६ को मुसहर बस्तीमा एक व्यक्ति ट्राइ साइकलमा किताव बोकेर पढाउँदै गरेको भेटिए । बालबालिकाहरू झुत्रा र फाटेका लुगा लगाएर परालको माचबाट तिनै व्यक्तिका कुरा सुन्दै थिए । 

Muktinath Bank

एकछिन पछि ति व्यक्ति अलि अगाडिको घरमा छिरे । त्यहाँ पुगेर पनि उनले बालबालिकासँग भलाकुसारी गरे ।  झोलाबाट साबुन निकाले अनि बालबालिकालाई नजिकै बोलाएर हात धुन सिकाए । त्यहाँबाट अलि पर रहेको परालको माचमा बालबालिका भेला पारे अनि पढाउन थाले । बालबालिकाहरू आफूले नबुझेको कुरा उनलाई सोधिहाल्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी बालबालिकालाई ज्ञान बाँड्न व्यस्त व्यक्ति हुन्, विराटनगर– १६ दरैयाका ३९ वर्षीय राजु क्षेत्री । शारीरिकरूपमा अपाङ्गता भएका राजु आजभोलि दैनिक यसैगरी मुसहर बस्ती पुग्छन् अनि बालबालिकालाई बढ्न सिकाउँछन् अति अभिभावकलाई शिक्षाको महत्त्व बुझाउँछन् । फोहोरमा काम गर्ने विपन्न मुसहर समुदायमा शिक्षासम्बन्धी चेतनाको निकै कमी छ ।


Advertisment
Nabil box
Kumari

उनको दैनिकी साधारण मानिसभन्दा फरक छ । राजु सहजै हिँडडुल गर्न सक्दैनन्, उनलाई ट्राइ साइकलको सहायता आवश्यक पर्छ । नेपाल–भारत सीमा क्षेत्र अशिक्षित क्षेत्र नै हो । अझ मुमहर समुदायका बालबालिकाहरू शिक्षाबाट बञ्चित छन् । त्यसैले पनि राजु दैनिक मुसहर बस्तीमा पुग्छन् र बालबालिकालाई पढ्न तथा खेल्न सिकाउँछन् ।

Vianet communication

यसरी पढाउन उनलाई कसैले खटाएको होइन, उनलाई यसबाट व्यक्तिगत लाभ पनि छैन । राजु भन्छन्, ‘म आफैँ पनि आर्थिक अभावले जेलिएको व्यक्ति हुँ, तर म भन्दापनि अझ आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शिक्षा दिनसक्छु कि भनेर यसरी लागेको छु ।’

मन त उनलाई आर्थिक सहयोग नै गर्ने छ, तर उनी आफू नै आर्थिक अभावमा छन् । त्यसैले शिक्षा र सरसफाइका लागि अभियान चलाएका छन् ।

मुसहर बस्तीमा एक घण्टा

मुसहर समु्दायका बालबालिकाहरू अत्यन्तै आर्थिक अभावबाट बञ्चित भएर स्कूलसम्म जान सकिरहेका छैनन् । विद्यालय पनि जाँदैनन् अनि उनीहरूलाई सरसफाइको बारेमा पनि जानकारी छैन ।

बालबालिकाको कुरा मात्र होइन, उनीहरूको छोराछोरीको कुरा पनि उस्तै नै छ । आफ्ना छोराछोरीलाई घरमै छाडेर अर्काको घरमा काम गर्न जानु उनीहरूको बाध्यता होे । यसको असर पनि बालबालिकामा देखिन्छ । हुन पनि आर्थिक अभावका बीचमा घर त चलाउनै पर्‍यो । यीे परिवारहरू त्यसैको धुनमा छन् ।

गत साउनमा आएको बाढीले पनि ती बालबालिकाहरू प्रभावित भए । कतिपयका फुसका घरसमेत बाढीले बगाएर ओढ्ने ओछ्याउने तथा भाँडाकुँडा र पढ्ने किताबकापी समेत बगाएर लगेपछि धेरै बालवालिका त्यसयता विद्यालय नै गएका छैनन् ।

केही संघ संस्थाले अभियान चलाएर विद्यालयसम्म पुगेका बालबालिका पनि विद्यालय जानै छाडे । यस्तो अवस्थाका धेरै बालबालिका विद्यालयबाट बञ्चित छन् । हो यही ठाउँमा बित्छ राजुको एक घण्टा । एक घण्टाको अवधिमा राजुले यो बस्तीका सबै बालबालिकालाई एकै ठाउँमा भेला पार्छन् र पढाउँछन्  ।

आफ्नै पीडा

राजुको जीवन भोगाई अरुको भन्दा फरक छ । स–साना बालबालिकासँग खेल्नु उनको दैनिकी हो । राजु आफ्नो ट्राइ साइकलमा बिहानै साढे सात बजे आधा घण्टाको बाटो पार गरेर बालबालिका भएको ठाउँमा पुग्छन् । हरेक दिन साढे ७ बजेदेखिको एक घण्टा उनको दैनिकी गरीब असाहय बालबालिकाका लागि हो ।

राजुमा अपाङ्गता हुनुको पनि आफ्नै कारण छ । आर्थिक अवस्था कमजोर रहेका राजुलाई कक्षा १० मा पढ्दासम्म केही भएको थिएन । जब टेस्ट परीक्षा नजिकिँदै आयो त्यसपछि मात्र उनको जीवनमा एउटा चोट आइलाग्यो । साइकल चलाएर घर फर्किँदै गरेका राजुको साइकल लड्यो, उठ्न खोज्दा समस्या भयो कोशी अञ्चल अस्पताल लगियो । विराटनगरमा उपचार नहुने भए पनि काठमाडौंको टिचिङ हस्पिटल पनि गए ।

लामो समयसम्म पनि उनको चोटको बारेमा कुनै डाक्टरले यस्तो भएको हो भन्न सकेनन् । शुरुमा नसा च्यापिएको बताएका डाक्टरहरूले पछि मात्र थाहा पाए राजु्को स्पाइनलमा चोट लागेको हो भनेर । त्यो थाहा पाउँदासम्म राजु अपाङ्ग भइसकेका थिए । उनले यही उपचारकै क्रममा झण्डै १० वर्ष आफ्नो पढाइ छाडे । तर पनि फेरि उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै गए ।

बीएडसम्मको पढाइ सकेका उनले अझै पढ्न छाडेका छैनन् । राजु आफू पनि पढ्दै केही गर्ने सोचमा पुगे र उनले विराटनगर आँखा अस्पतालमा काम पनि गर्न थाले । विराटनगर आँखा अस्पतालले १३ हजार पारिश्रमिक दिन्छ । त्यसैले उनको घर खर्च चल्छ । राजु कृष्णबहादुर बोगटी क्षेत्री र सकुन्तला देवीका एक मात्र छोरा हुन् । उनका दुई बहिनी छन् ।

तर घर परिवार चलाउने दायित्व एउटै छोरो भएका कारण उनको काँधमा छ ।

मन कुँडिएपछि बालबालिकासँग  

राजु आर्थिक अवस्था कमजोर भए पनि पढाइमा तिक्ष्ण दिमाग भएका थिए । राजुले कक्षा ९ मा पढ्दा नै गाउँका बालबालिका भेला गरेर पढाउँथे । त्यसैको आधारभमा उनलाई पढाउने विषय कुनै नौलो थिएन । एकदिन राजु आफ्नो घर दरैयाबाट पश्चिमतिर घुम्दै गएका थिए । बाढीले सखाप पारेको उजाड बस्तीका बालबालिकाहरू घरमा अभिभावक भएका त अभिभावकसँग थिए नभएकाहरू खेलेर दिन बिताएको देख्दा उनको निकै मन छोयो ।

त्यसैको आधारमा उनले जब फागुन लाग्यो अनि यो अभियान शुरु गर्ने योजना बनाए । शुरुमा त के गर्ने/नगर्ने अन्यौल नै थियो । जब काम शुरु गर्न थाले अनी गाउँका सबै बालबालिका वरिपरि आएर पढ्न थाले । ‘परिवर्तन गर्न त गाह्रो छ राजु भन्छन्, ‘उनीहरूलाई केही चेञ्ज गर्न सकियो भने त्यो जत्तिको पुण्य अरु केही हुनेछैन ।’ राजुले बालबालिकालाई पढ्न र स्वास्थ्यका ज्ञानगुणका कुराहरू सिकाउने गर्छन्, बालबालिकाले अलिक अप्ठ्यारो गरी बुझ्छन् ।

एकै गाउँको बस्तीको यस्ता बालबालिकाको बारेमा जानकारी पाएर एक्लैले पढाउन थालेका राजुले त्यसको लागि आवश्यक शैक्षिक सामाग्रीको लागि थप समस्या देखियो । बालबालिकालाई पढ्न, लेख्न, स्वास्थ्य हेरचार, दिसापिसाब गरिसकेपछि  कसरी हात धुने, बिहान–बेलुकी दात माझ्नेजस्ता सल्लाह सुझाव राजुले दिँदै आएका छन् । हरेक शनिबार अभिवाकलाई समेत भेला गरी स्वास्थ्यसम्बन्धी सचेतना बाँड्छन् ।

यो बस्तीका २५ जना भन्दा बढी बालबालिकालाई राजुले प्रत्येक दिन पढाउने काम गर्छन् । राजुले यस्तो अभियान थालेसँगै बालबालिकाहरूमा धेरै परिवर्तन आएको छ । बालबालिकाहरू आफ्नो नाम भन्न र लेख्न सक्ने अनि हातखुट्टा धोएर मात्रा खाना खानुपर्छ भन्ने बानी बसालेका छन्।

राजुको दैनिकी

राजुको मेहनत अरुको लागि लोभलाग्दो छ । विहान ६ बजे दैनिक उठेर ७ बजे घरबाट हिँड्छन् । १ घण्टा बालबालिकासँग रमाउने, पढाउने अनी सिकाउने काम सकेर घर फर्किन्छन् । घरमा खाना खाएर साढे ९ बजे अफिसका लागि निस्किन्छन् । उनी विराटनगर आँखा अस्पताल रानीको चस्मा विभागमा काम गछन् ।

बिहान १० बजे अस्पताल जाने अनि बेलुकी ५ बजे घर फर्कने उनको दैनिकी हो । उनलाई ट्राइ साइकलमा घर आइपुग्न आधा घण्टाभन्दा बढी समय लाग्छ ।

अपाङ्गता छ, तै पनि उनी खुसी नै छन् । भन्छन्, ‘मेरो शरीरमा अपाङ्गता भएर के भयो त ? मन त अपाङ्ग छैन नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x