चैत १३, २०७९
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सोमवारदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला शुरू हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रूपमा चल्दै आएको मेलाल...
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।
नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।
नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।
नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।
नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :
दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।
नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।
दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।
मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।
समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।
एजेन्सी
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सोमवारदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला शुरू हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रूपमा चल्दै आएको मेलाल...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुुहुन्छ भने तपाईंमा संक्रमण भएको ...
प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि शुरू हुने भएको छ । नयाँ वर्षको ४ दिन अगाडि भैरवको ...
काठमाडौं, — धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी ...
चैते दशैंको छैठौं दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदैछ । छठअन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरूले आज अर्घ्य अर्पण गर्दछन् । गत शुक्रवारदेखि शुरू भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्त...
मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदैछ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत शुरू गरेका छन् ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...