×

NMB BANK
NIC ASIA

आङ नै सिरिङ्ग पार्ने लापरबाही

महिनावारी भएकी महिलाको प्याडबाट बन्छ राजधानीमा रक्सी !

चैत १२, २०७४

NTC
Premier Steels

काठमाडौं, १२ चैत– के तपाईं राजधानी काठमाडौंका होटेलमा बसेर रक्सी पिउनुहुन्छ ? या सगुनको रुपमा घरेलु रक्सीको प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सचेत हुनुहोस् । किनकी तपाईंले पिउने र सगुन ठान्ने रक्सी महिलाले महिनावारी हुँदा प्रयोग गरेको प्याडबाट बनेको हुनसक्छ । 

Muktinath Bank

काठमाडौंका विभिन्न ठाउँमा उत्पादन हुने घरेलु रक्सी महिलालले महिनावारी हुँदा प्रयोग गरेको प्याडबाट उत्पादन हुने गरेको रहस्य पत्ता लागेको छ । महानगरीय प्रहरी प्रभाव गोंगबु (नयाँ बसपार्क)ले विगत २ महिनादेखि थालेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा महिनावारी भएकी महिलाले प्रयोग गरेको प्याडबाट रक्सी उत्पादन हुने गरेको तथ्य पत्ता लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति मात्रै हैन, रक्सी उत्पादन गर्न फाटेको जुत्ता, चप्पल, पुरानो मोजाको समेत प्रयोग हुने गरेको महानगरीय प्रहरी प्रभाव गोंगबुका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल बताउँछन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

‘मदिरा बनाउने ठाउँमा ठूलो मात्रामा महिलाले महिनावारी हुँदा प्रयोग गरेको प्याड, छालाको पुरानो जुत्ता, तुनासहितको पुरानो चप्पल र पुरानो मोजा भेट्टियो,’ प्रहरी निरीक्षक पौडेलले लोकान्तरसँग भने, ‘बढी नशा लाग्ने रक्सी उत्पादन गर्न महिलाले प्रयोग गर्ने प्याडको प्रयोग गरिएको देखिन्छ ।’

ब्राण्डेड बोत्तलमा घरेलु रक्सी

काठमाडौंमा घरेलु मदिरा बिक्री गर्ने ‘व्यवसायी’ले ब्राण्डेड रक्सीका बोत्तलको समेत प्रयोग गर्ने गरेको पाइएको छ । विभिन्न हानिकारक पदार्थहरु मिसाएर बनाइएको रक्सी विभिन्न ब्राण्डका रक्सीका बोत्तलमा भरेर बिक्री गर्ने गरेको भेटिएको हो । 

‘काठमाडौंका केही मझौलाखाले होटेल र खाजा पसलमा ग्राहकलाई ब्राण्डेड रक्सी भनेर विभिन्न हानिकारक पदार्थबाट बनेका घरेलु रक्सी बिक्री गर्ने गरेको भेटिएको छ,’ गोंगबु प्रहरी प्रमुख पौडेल भन्छन्, ‘पहिला ग्राहकलाई सिल प्याक गरिएको ब्राण्डेड रक्सी दिइन्छ, नशा चढ्दै गएपछि त्यस्तै बोत्तलमा प्याक गरिएको घरेलु रक्सी दिने गरिएको छ ।’

प्याडबाट बनेको रक्सी अन्यभन्दा कडा !

गोंगबुको नयाँ बसपार्कबाट सुकेधारा जाने रोड छेउमा एक बेनामे खाजा पसल छ । दिउँसो आलु–चना, चिया बिक्री हुने उक्त पसलमा साँझको ५ बजेपछि रक्सीको कारोबार शुरु हुन्छ । 

पसलकी सञ्चालिका विष्णुमाया गुरुङ आफूले पनि सेनेटरी प्याडबाट बनेको रक्सी बिक्री गरेको स्वीकार्छिन् । तर आफूले रक्सी बनाउने काम भने नगरेको उनको दाबी छ ।  ‘ग्राहकले कडा खालको रक्सी माग्नुहुन्छ । त्यस्तो रक्सी प्याड, मोजा र छालाको जुत्ताबाट बनाइन्छ,’ विष्णुमायाले निर्धक्क सुनाइन्, ‘रक्सी बनाउनेहरु छुट्टै हुनुहुन्छ । उहाँहरुले बोतलमा हालेर बिक्री गर्नुहुन्छ । हामीले १ (२५० मिलिलिटर)को बोत्तलको १५ देखि २० रुपैयाँ तिर्छौं । ग्राहकलाई दिँदा ४० रुपैयाँ प्रतिबोत्तलसम्म लिइन्छ ।’

महानगरीय प्रहरी प्रभाव गोंगबुका अनुसार बसपार्क छेउमा मात्रै यस्तो रक्सी बिक्री गर्ने पसलको संख्या १०० को हाराहारीमा छ । यस्तै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका धेरैजसो ठाउँमा घरेलु रक्सीको उत्पादन र बिक्री हुन्छ । 

प्याडको प्रयोग किन ?

चिकित्सकहरुका अनुसार महिनावारी भएका बेला महिलाको गुप्ताङ्गबाट बग्ने रगतमा त्यस्तो कुनै पनि पदार्थ (तत्व) हुँदैन, जसले नशा लाग्ने काम गरोस् । तर प्याड बनाउँदा प्रयोग हुने रसायन र महिनावारी हुँदा महिलाको गुप्ताङ्गबाट बग्ने रगतबीचको रसायनिक प्रतिक्रिया पछि बन्ने पदार्थले नशाको काम गर्न सक्ने चिचित्सकहरुको भनाइ छ । यद्यपि त्यसबारे कुनै वैज्ञानिक खोज भने भइसकेको छैन । 

स्त्री रोग विशेषज्ञ डा. ज्योति अग्रवाल महिनावारी हुँदा महिलाको गुप्ताङ्गबाट बग्ने रगत शरीरको अन्य भागबाट बग्ने रगतजस्तै सामान्य भएको बताउँछिन् । तर महिनावारी हुँदाको रगतमा पाठेघरको भित्री छालाका टुक्रा, योनीमा भएको सेतो पदार्थ र हर्मोनहरु पनि रगतसँगै बाहिर आउने उनको भनाइ छ । ‘महिनावारी हुँदा महिलाको गुप्ताङ्गबाट रगतमा त्यस्तो कुनै पदार्थ (तत्व) हुँदैन, जसले मानिसलाई लठ्ठ बनाउने तथा नशा लाग्ने काम गरोस्,’ डा. अग्रवालले लोकान्तरसँग भनिन् । 

अर्का स्त्री रोग विशेष डा. बालकृष्ण साह भने महिनावारी भएको प्याड प्रयोग गर्दा रक्सी बढी नशालू (कडा) बन्छ भन्नु, मानसिक भ्रम मात्रै भएको बताउँछन् । ‘कुनै पुरुषलाई महिलाको एडिक्सन हुन सक्छ । त्यस्तो व्यक्तिले महिलाले प्रयोग गर्ने प्याड मात्र हैन, कपडा, मोजाबाट पनि नशा लिन सक्छ,’ डा. साह भन्छन्, ‘त्यो एक प्रकारको मनोरोग हो ।’ 

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याडमा पनि विभिन्न रसायनिक पदार्थ हुने हुँदा यसबाट बनेको रक्सी सेवन गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुने साहको भनाइ छ । 

प्याड, छाला, पुरानो जुत्ता र चप्पल तथा प्लास्टिकबाट बनाइएको रक्सीले दिमाग, कलेजो र पेटमा गम्भीर असर पुर्याउने चिकित्सकहरुको भनाइ छ । यस्तो रक्सीमा कार्बन मनोअक्साइडको मात्रा बढी हुने भएकाले मानिसमा दिमागी क्यान्सर, फोक्सो, कलेजो तथा पेटको क्यान्सर र मुटु सम्बन्धी रोग लाग्ने धेरै सम्भावना हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x