३१ असार २०८३, बुधबार

डीआईजी रमेश खरेलद्वारा राजीनामा

चैत २८, २०७४
डीआईजी रमेश खरेलद्वारा राजीनामा

काठमाडौं, २८ चैत– प्रहरी नायब महानिरीक्षक(डीआईजी)रमेश खरेलले राजीनामा दिएका छन् । 

प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि खरेलले राजीनामा दिएका हुन् । 

प्रहरी प्रधान कार्यालयको कार्यविभाग शाखा पुगि खरेलले राजीनामा बुझाएका हुन् । 

आफू प्रहरीमात्र भइरहन जागिरमा नबस्ने उनले बताए । 

‘प्रहरी संगठनमा प्रहरीमात्र भइरहन जागिर खाइरहनु पर्दैन,’ राजीनामा दिँदै खरेलले भने,‘ प्रहरी संगठन र देशका लागि मेरा केही सपना थिए जो पूरा गर्न नसक्ने भए त्यसैले राजीनामा दिए ।’

सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डीआईजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्