×

NMB BANK
NIC ASIA

युवतीसँगै होटेलमा बास, रक्सी पिएर गाली गर्दा घाँटी थिचेर हत्या

बैशाख २, २०७५

NTC
सांकेतिक तस्बिर
Premier Steels

काठमाडौं, २ वैशाख– गत चैत २३ गते काठमाडौंको टोखास्थित एक होटेलमा मृत अवस्थामा भेटिएकी युवतीका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

टोखा–९ मिलनटोलस्थित न्यू भुमेश्वरी एण्ड अर्जुन पाहुना घरको कोठा नम्बर २०३ मा युवतीको हत्या भएको थियो । युवतीको हत्यामा संलग्न सल्यानको सारदा नगरपालिका–१ बस्ने २२ वर्षीय गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी भएको थियो घटना 


Advertisment
Nabil box
Kumari

सल्यानका गोपाल शर्मा विगत केही महिनादेखि रामेछापमा घर बनाउने काम गर्दै आएका थिए । उनी चैत २१ गते घुम्नका लागि भन्दै काठमाडौं आए । 

Vianet communication

रामेछापबाट आएको पहिलो दिन कलंकी क्षेत्रमा बसेर दोस्रो दिन गोंगबु बसपार्क क्षेत्रमा पुगे । सडकमा डुल्दा डुल्दै एक युवती भेटिइन् । कुराकानी शुरु भएपछि दुवैजनाबीच होटेलमा संगै बस्ने सहमति हुन्छ । 

‘मैले चिनेका मान्छेको होटेल हो’ भन्दै युवतीले नै टोखाको न्यू भुमेश्वरी एण्ड अर्जुन पाहुना घर पुर्याइन् । होटेल सञ्चालकले उनीहरुका लागि पहिलो तलाको २०३ नम्बरकाे कोठा व्यवस्था गरे । 

कोठामा पुगेपछि युवतीले रक्सी पिउने प्रस्ताव राखिन् । युवकले आफ्ना लागि बियर मगाए भने युवतीका लागि भर्जिन नामको रक्सी पुग्यो । दुवैजनाले रक्सी पिए । 

रक्सी पिएपछि गोपालले युवतीसँग शारीरिक सम्पर्क गर्न खोजे । तर युवतीले शारीरिक सम्पर्क गर्न मानिनन् । प्रहरीले गरेको अनुसन्धानका अनुसार त्यसपछि दुवैजनाबीच बोलाबोल भयो । 

युवतीले युवकलाई तथानाम गाली गरेको प्रहरीले जनाएको छ । आफू यसअघि पनि केटाहरुलाई शारीरिक सम्बन्ध राख्ने लोभ देखाएर पैसा लुट्ने गरेको भन्दै युवतीले युवकमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ । 

त्यसपछि युवकले युवतीको घाँटी थिची हत्या गरेको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । 

युवतीको हत्या गरेर राति १ बजे नै कोठाबाट निस्किएका गोपाल त्यसरात नयाँ बसपार्क नजिकको गंगा सिनेमा हल नजिक सडकमै सुते । विहान भएपछि कलंकीको सार्वजनिक शौचालयमा नुहाएर दिउँसो ४ बजेको गाडी चढि नेपालगन्ज हुँदै महेन्द्रनगर पुगे । 

महेन्द्रनगरमा लुकुछिपी बस्दै आइरहेका गोपाललाई महानगरीय प्रहरी बृत्त महाराजगन्जबाट खटिएको टोलीले चैत ३० गते कञ्चनपुरेको गड्डाचौकीबाट पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध कर्तब्य जान मुद्दामा अदालतबाट ७ दिनको म्याद थपि अनुसन्धान अगाडि बढाएको छ । 

हत्या गरिएकी युवतीको वास्तविक ठेगाना र नाम भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि बसपार्क क्षेत्रमा सोधुपुछ गर्दा उनको नाम रियाना अधिकारी र उमेर २३ वर्ष भएको पत्ता लागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x