३१ जेठ २०८३, आइतबार

मेयर सीमाका पति भन्छन्–खुट्टा चिप्लेर फेवातालमा खसेकी थिइन्, आत्महत्या प्रयास भनिदिएछन्

बैशाख २१, २०७५
मेयर सीमाका पति भन्छन्–खुट्टा चिप्लेर फेवातालमा खसेकी थिइन्, आत्महत्या प्रयास भनिदिएछन्

काठमाडौं, २१ वैशाख– स्याङ्जा पुतलीवजारकी मेयर सीमा क्षेत्री ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा स्थानीय तहको भूमिका’ सम्बन्धी गोष्ठिमा सहभागि हुन कास्कीको पोखरा पुगेकी थिइन् ।

कार्यक्रम सकिएपछि उनी अपरान्ह ४ बजेको समयमा फेवातालको पामे क्षेत्रमा घुम्न निस्किइन् । तालको किनारामा चिप्लेर उनी फेवातालमा खसिन् । उक्त दुर्घटनाका समयमा मेयर सीमाका साथमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्ल र उपमेयर महेश पुरीपनि साथ मै थिए । चिप्लिएर तालमा खसेकी मेयरलाई मल्ल र पुरीसहित नगरपालिकाको गाडीका चालक र विदेशी पर्यटकले उद्धार गरे । 

राति नौ बजेको समयमा एकाएक सीमाले फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेको भन्ने समाचार अनलाइन समाचार माध्यम  र सामाजिक सञ्जालमा छायो । यो खवरले सीमाको परिवारमा तनावमा पर्‍यो । 
 
के भन्छन् सीमाका पति ? 

लोकान्तरको सम्पर्कमा आएका पति टेकबहादुर भुजेलका अनुसार सीमाले आत्महत्या प्रयास गरेकी थिइनन् ।

शुक्रबार विहान ११ बजे सीमासँग टेलिफोन सम्पर्क गर्दा उनी नगरपालिकाको कार्यपालिका बैठकमा थिइन् । उनको मोबाइल फोन पति टेकबहादुरले उठाए ।  

‘सीमा अहिले नगरपालिकाको कार्यपालिका बैठकमा छिन्, मिडियामा आएका समाचारले हामीलाई तनाव दियो’ भुजेलले लोकान्तरसँग भने, ‘फेवा किनारामा हिँडिरहेको समयमा चिप्लेर पानीमा खसेकी रहिछन् । नियतवश नभइ दुर्घटनाबस भएको घटनालाई फरक ढंगले प्रस्तुत गरियो । 

घटना भएको केही घण्टामै सीमा पुतलीवजारस्थित निवासमा पुगेकी थिइन् । नगरपालिकाका कार्यकारी अधिकृत र उपमेयरले उनलाई घरमा छाडेका थिए । 

‘सीमालाई माइग्रेनको समस्या देखिएको हो, बाहिरप्रचार गरिएजस्तो डिप्रेसनको समस्या होइन’ भुजेलले भने, ‘काठमाडौंमा एक महिना बसेर माइग्रेनको उपचार गरेकी थिइन् ।’

salt training

कमेन्ट गर्नुहोस्