
काठमाडौं, २८ जेठ – विश्वकप नजिकिँदै गर्दा यसपालिको च्याम्पियन टीम कुन होला भनी धेरैको मनमा प्रश्न उठ्न थालेको छ ।
धेरैजसो विज्ञहरूले यसपालि ब्राजिल र जर्मनीको सम्भावना रहेको धेरैले बताएका छन् । त्यसपछि फ्रान्स र अर्जेन्टिनाको नाम आइरहेको छ ।
बेल्जियम, स्पेन, पोर्चुगल र इंग्ल्यान्ड पनि क्वार्टरफाइनलसम्म चाहिँ पुग्ने अनि ताल परे फाइनलमै पुग्ने अनुमान गरिएको छ ।
टप वेबसाइटहरूले खेलाडीको प्रदर्शन, टीमको प्रदर्शन, –यांकिङ लगायतका आधारमा पूर्वानुमान गरेका हुन् ।
उता ब्राजिलका महानतम खेलाडी पेलेले चाहिँ आफ्नै टोलीलाई यसपालिको दाबेदार मानिरहेका छैनन् । ब्राजिल टीम सन्तुलित नभएको उनको भनाइ छ ।
अहिलेसम्मका विश्वकपमा २४ टोली मात्र सेमिफाइनलमा पुगेका छन् । तीमध्ये १२ टोलीले मात्र फाइनल खेलेका छन् अनि आठ टोली च्याम्पियन बनेका छन् ।
सेमिफाइनलमा सर्वाधिक धेरै १३ चोटि पुग्ने टीम जर्मनी हो । उसले १२ चोटि टप ३ मा स्थान बनाएको छ ।
जर्मनी आठचोटि र ब्राजिल सातचोटि फाइनलमा पुगसकेको छ । इटली ६ चोटि अनि अर्जेन्टिना पाँचचोटि फाइनलमा पुगेको छ ।
एजेन्सी