
काठमाडौं, ७ असार -रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा स्पेनले आफ्नो पहिलो जीत दर्ता गरेको छ ।
गएराति भएको खेलमा उसले इरानलाई १-० गोल अन्तरले पराजित गर्यो । स्पेनको जीतमा डियागो कोस्टाले ५४औं मिनेटमा निर्णायक गोल गरे ।
स्पेन आफ्नो पहिलो खेलमा पोर्चुगलसँग बराबरीमा रोकिएको थियो । इरानले भने मोरक्कोलाई १-० ले पराजित गरेको थियो ।
जितसँगै स्पेनको ४ अंक पुगेको छ । सोही समूहमा रहेको पोर्चुगलले पनि बुधबार नै मोरक्को विरुद्ध १-० को जित दर्ता गरेकाले उसको पनि समान ४ अंक छ ।
इरान ३ र मोरक्को ० अंकमा छन् ।