
काठमाडौं, १४ असार – विश्वकप फूटबलमा बुधवार सम्पन्न खेलमा दक्षिण कोरियाले जर्मनीलाई हराएपछि मेक्सिकोमा समर्थकहरू खुशी भएर कोरियालीहरूलाई अँगाल्न पुगेका छन् ।
जर्मनी हारेकाले मेक्सिको अर्को चरणमा जान सफल भएको थियो । स्विेडनसँग हारेपनि ऊ अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । त्यसैले गर्दा मेक्सिको समर्थकहरूले कोरियाली समर्थकहरूप्रति कृतज्ञता र एक्यबद्धता देखाए अनि उत्साहपूर्वक उनीहरूलाई अँगाले ।
सामाजिक सञ्जालमा मेक्सिको समर्थकहरूले कोरियालाई मुरीमुरी धन्यवाद दिए भने वास्तविक जीवनमा भेट भएका कोरियालीलाई पनि उनीहरू स्नेह बर्साए ।
मेक्सिकोस्थित कोरियाली राजदूतावासमा प्रशंसकहरू पुगेर कोरियाली कन्सुल जेनेरललाई काँधमा हालेर खुशियाली मनाएका थिए ।
एजेन्सी