भक्तपुर – बुधवार रातिदेखि परेको अविरल वर्षाले विहीवार राजधानीको भक्तपुर अस्तव्यस्त बन्यो ।
भक्तपुरको हनुमन्ते, खसाङखुसुङ खोलामा आएको वर्षाले भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सुर्यविनायक नगरपालिका, मध्यपुरठिमी नगरपालिका नदी आसपासका अधिकाँश स्थानमा डुवानमा परेहका थिए ।
बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरोका कारण भक्तपुरमा तीन जनाले ज्यान समेत गुमाए ।
बाढीका कारण घर, टहरा, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौं बासिन्दाको बिचल्लीमा परेका परेका थिए ।
आज (शुक्रबार, बाढीको दोस्रो दिन) भक्तपुर पुग्दा बाढी पीडितहरु हिलो पखाल्ने, भिजेका लत्ताकपडा र सामानहरु बाहिर सुकाइरहेका थिए ।
डेरा भाडा लिएर बस्ने मानिसहरु आफूबसिरहेको घर र कोठा डुवानमा परेपछि डेरा सर्न थालेको समेत देखियो ।
नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको थियो ।
केही तस्वीर-













