×

NMB BANK
NIC ASIA

काठमाडौं– साउदीमा अलपत्र परेका ३८ जना नेपाली पुरानै काममा फर्किने भएका छन् ।

Muktinath Bank

वैदेशिक रोजगार विभागमा अलपत्र नेपालीका आफन्त र उनीहरुलाई विदेश पठाउने म्यानपवार कम्पनीबीच विभागले गराएको पटक पटकको छलफलबाट उनीहरुलाई साउदीमै काममा लगाउने सहमति भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इम्पावर ओभरसिज प्रा.लि. र तीनजुरे इम्प्लोइमेन्ट सर्भिस प्राली नामको म्यानपावर कम्पनीमार्फत साउदी गएका  ३८ जना नेपाली कामको ज्याला माग्दा कम्पनीबाट निकालिएपछि अलपत्र थिए ।


Advertisment
Nabil box
Kumari

गत साउन ३ गते आफ्ना आफन्तलाई झिकाइदिन माग गर्दै अलपत्र नेपालीका आफन्तहरुले विभागमा उजुरी दिएका थिए  । 

Vianet communication

श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभागका महानिर्देकशलाई मन्त्रालयमै बोलाएर अलपत्र नेपालीको समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन समेत दिएका थिए ।

मन्त्री विष्टको निर्देशन पछि विभागले म्यानपवार कम्पनीको कारोवार रोक्का गरेर पटक पटक दुईपक्षिय छलफल गराएको थियो ।  

पटकपटकको छलफल पछि अलपत्र नेपालीलाई अहिलेसम्मको पारिश्रमिक सहित पुरानै काममा फर्काउने सहमति भएको विभागका महानिर्देशक दिलिप कुमार चापागाईँले लोकान्तरलाई बताए । 

उनले भने, ‘विभागमा पटकपटक छलफल भयो, तत्काल रेस्क्यु सम्भव नभएकोले  अहिलेसम्मको पारिश्रमिक उपलब्ध गराउनु पर्ने सर्त सहित पुरानै काममा फर्काउने  सहमति गराएका छौं ।’

विभागमा भएको सहमति अनुसार उनीहरुले मासिक एक हजार साउदी रियल सहित यातायात, बासस्थान सुविधा सहित खाना आफैले बनाउनुपर्ने सर्तमा दैनिक दुई सय साउदी रियल पाउने छन् । 

काममा लागेको ४५ दिन भित्रमा  बिमाको सम्र्पूण व्यवस्था मिलाइसक्नुपर्ने र भिष अवधि सकिएपछि नेपला फर्कदा हवाइ टिकट समेत कम्पनीले व्यवस्था गर्नुपर्ने सहमति गरिएको छ । 

विभागमा भएको सहमति अनुसार उनीहरुलाई रोजगारीमा पठाउने म्यानपवार कम्पनी एक साता अघि साउदी गएको थियो । 

साउदीमा म्यानपवार कम्पनीले नेपाली दुतावास, रोजगारदाता कम्पनीसँग छलफल गरेका थिए । छलफलमा सहमति भएसँगै अलपत्र ३८ जना नेपाली पुनः काममा फर्केका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x