०३ साउन २०८३, आइतबार

सन्तान नभएपछि छातीमा जमरा उमार्न बसिन् यी महिला

सन्तान नभएपछि छातीमा जमरा उमार्न बसिन् यी महिला

विराटनगर– मोरङएको रंगेलीमा धार्मिक तथा एेतिहासिक संसारी माइ मन्दीरमा हरेक बर्ष दशैको बेला केही न केही नयाँ कुरा भइरहेका हुन्छन् । ऐतिहासिक तथा पुरातात्वीक महत्वकाे  धार्मिक स्थल रंगेलीको प्रसिद्ध मन्दिर संसारीमाई मन्दिरमा बुधबारघटस्थापना भई रहँदा एक महिला पनि छातीमा जमारा उमार्न बसेकी छन्  । 

गत वर्ष नवरात्रदेखि दशमीसम्म भारत घर भएकी एक महिलाले आफ्नो छातिमा जमरा यसै स्थानमा उमारेकी थिइन् । यस वर्ष मोरङको जहदा गाउँपालिका वडा नम्बर ४ घर भएका मुलुकचन्द मण्डलकी श्रीमती ४० वर्षीया निरादेबी मण्डल संसारी मन्दिर परिसरमा छातिमा जमरा र कलश सहित निराहार बसेकी छन् । उनले आफ्नो भाकल पुरा गर्नको लागि यसरी छातीमा जमरा राखेको उनका बुबा उदय मण्डलले बताए ।

अहिलेसम्म उनको कुनै सन्तान नभएपछि सन्तान प्राप्तीको लागि पनि यरी माता दुर्गाको चरणमा सरण पर्दै छातीमा जमारा उमार्नको लागि निराहार बसेको उनका आफन्त बताउँछन् । 

यो स्थानमा हरेक बर्ष घटस्थापना देखि टिकाको दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशती चण्डी पाठ गर्नुका साथै विशेष पुजा अर्चना गरिन्छ ।  रातीको समयमा समेत बिभिन्न भजन कृतन हुने गरेको स्थानीय बताउँछन् । 

विराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली नगरपालिका वडा नम्बर ६ चिसाङ खोलाको बगरमा सो मन्दीर अवस्थित छ  । राणाकाल भन्दा पहिलादेखि यसरी हरेक नवरात्रीमा देबीको पुजा गर्ने परम्परा रहेको पाकापुस्ताको अनुभव छ ।

salt training

कमेन्ट गर्नुहोस्