×

NMB BANK
NIC ASIA

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थानीय तह, प्रदेश र संघको परिमार्जित संरचना तयार, हेनुस् के-के थपघट भयो ?

असोज २९, २०७५

NTC
Premier Steels

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको संगठन संरचना तथा दरबन्दीको नयाँ संरचनाको ढाँचा तयार पारेको छ ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयको संघीय व्यवस्थापन समितिले प्रदेश अन्तर्गतको जिल्लामा रहने प्रदेश जनस्वास्थ्य शाखा कार्यालय, स्वास्थ्य प्रवद्र्धन तथा तालिम केन्द्र, स्वास्थ्य साम्रगी तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला गरी ४ वटा निकायको संगठन संरचना र दरबन्दीको खाका तयार परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं संघीय व्यवस्थापन समितिका संयोजक डा. शुशीलनाथ प्याकुरेलको ७ सदस्यीय टोलीले आइतवार नयाँ संरचनाको खाका मन्त्रालयलाई बुझाएको छ ।


Advertisment
Nabil box
Kumari

७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने 

Vianet communication

समितिले तयार पारेको नयाँ संरचना अनुसार अब ७ वटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालिम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने छन् । ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय हुनेछ । यसअघि बनाइएको संरचनामा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । सो संरचना अनुसार प्रदेश नम्बर १, ५ र कर्णालीमा ६–६, प्रदेश नम्बर ३ र गण्डकीमा ५–५ वटा र सुदूरपश्चिम प्रदेशमा ४ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो ।

७ प्रदेशमा रहने ३५ वटा प्रदेश स्वास्थ्य कार्यालयले जनतामा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउन कठिन हुने भन्दै समितिले ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने प्रस्ताव अघि सारेको समितिका संयोजक डा. प्याकुरेलले बताए ।

नयाँ संरचनाले तत्कालीन ५ क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा जिम्मेवारीविहीन रहेका १ सय १८ सहितका १ सय ३३ दरबन्दी प्रादेशिक स्वास्थ्य प्रवद्र्धन तथा तालिम केन्द्रका लागि प्रस्ताव गरेको छ ।

समितिले तयार पारेको संगठन संरचना र दरबन्दी स्वीकृत भएमा पोखराको क्षेत्रीय प्रयोगशाला र त्यसमा रहेको दरबन्दी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा समायोजन हुनेछ । 

संघीय संरचना अनुरुप गत साउन १ गतेबाट नयाँ संरचना लागू गरेपनि कर्मचारीको दरबन्दीमा समस्या उत्पन्न भएपछि मन्त्रालयले संरचना परिवर्तन गर्न नयाँ समिति गठन गरी पहल थालेको थियो । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयमा पटक–पटक आन्तरिक छलफल समेत गरेका थिए । 

नयाँ संरचनामा विवाद देखिएपछि संरचना पुनरावलोकन गरी नयाँ संरचनाको खाका तयार पारिएको समितिका संयोजक डा. प्याकुरेललले लोकान्तरलाई बताए । स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्यसँग सम्बन्धी विभिन्न निकायसँग छलफल तथा मन्त्रालयका कर्मचारीबीच पटक–पटक आन्तरिक छलफल गरी नयाँ खाका तयार पारिएको डा. प्याकुरेलले बताए ।

जिम्मेवारीविहीन कर्मचारी व्यवस्थापन हुने

नयाँ बनेको संरचनाले यसअघि जिम्मेवारीविहीन स्वास्थ्यका कर्मचारीको व्यवस्थापन हुने जनाइएको छ । यसअघिको नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयका ११ औं तहका १३ जना, ९ र १० औं तहका ३२ जना, ७ औं तहका ४ सय स्वास्थ्यका कर्मचारी तथा अधिकृत र अन्य कर्मचारी जिम्मेवारीविहीन थिए ।

नयाँ संरचना अनुसार जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयमा जिम्मेवारीविहीन बनेका १३ सय ५६ जना कर्मचारी र केही दरबन्दी पालिकामा मिलान गरिने छ । प्रदेश स्वास्थ्य कार्यालयमा रहेका ४ सय ६ जना जनशक्ति घट्ने छ भने प्रदेश सामाजिक विकास मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको १ सय ४० मध्ये १ सय ५ जना जनशक्ति घट्ने छ ।

नयाँ तयार पारिएको संरचनाले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका सबै कर्मचारीको व्यवस्थापन गरिएको डा. प्याकुरेलले बताए । ‘यसअघिको संरचनाले ११ औं तहदेखि अधिकृतसम्म धेरै कर्मचारी फाजिल (फाजिल) मा रहेका थिए, हामीले सबै कर्मचारीको व्यवस्थापन हुने गरी संरचना तयार पारेका छौं,’ डा. प्याकुरेलले लोकान्तरसँग भने, ‘नयाँ बनाइएको संरचनाले सबै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, यदि यो संरचना मन्त्रिपरिषद्बाट पास भएमा स्वास्थ्य क्षेत्र धेरै राम्रो हुन्छ ।’

समितिले तयार पारेको संरचना पास भएन भने स्वास्थ्य क्षेत्रको अवस्था संकटमा पर्ने डा. प्याकुरेलले बताए । समितिले मन्त्रालयलाई बुझाएको संगठन संरचना र दरबन्दी मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेकाले मन्त्री यादव स्वदेश फर्किएपछि प्रस्ताव मन्त्रिपरिषद्मा जानेछ । मन्त्रिपरिषद्बाट संरचना स्वीकृत भएमा संघीयता अनुरुप स्वास्थ्यको परिमार्जित संरचना लागू हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x