काठमाडौं– लोक गायक सूर्यमणि आचार्य र राजकुमार हुमागाईले लोक दोहरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् ।
काठ क्षेत्रको भाकामा आएको गीतलाई मिलन फिल्म प्रालीले बजारमा ल्याएको हो ।
गीतमा सूर्यमणि आचार्य, राजकुमार हुमागाई र टिका पुनको आवाज रेहेको गीतमा लय, संकलन सुर्यमणि आचार्यको रहेको छ भने भिमसेन खतिवडा र राजकुमार हुमागाईको शव्द रहेको छ ।
मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सञ्जिव ठकुरी र रिना थापाको मुख्य अभिनय रहेको छ ।
२०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका सिन्धुपाल्चोकका आचाृर्यले दजनौं नेपाली लोक दोहोरी गीतमा आफ्नो आवाज दिएका छन् ।
आफ्नो पछिल्लो गीत ‘ए है काली’लाई श्रोता, दर्शकले मन पराउने विश्वास आचार्यले लिएका छन् ।